सिलगढी : बिहारमा तस्करी गर्न अगावै एनजेपी पुलिसले नकली विदेशी रम-रक्सी सहित 2 जना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा पर्नेहरू बिहार निवासी लालु यादव र दीपु कुमारको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा हिजो एनजेपी थाना पुलिसले सादा पोसाकमा सिलगढी संलग्न जोटियाकाली इलाकामा अभियान चलाएर नागाल्याण्डको नम्बर भएको 14 चक्के एउटा ट्रकलाई रोकेर छानबीन गर्दा लगभग 20 लाख रुपियाँको नकली विदेशी रम-रक्सी उद्धार गरेको बताइएको छ। यसपछि पुलिसले ट्रक चालक र खलासीलाई पनि पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार नकली विदेशी रम-रक्सी असमबाट बिहारतर्फ लगिरहेको थियो।