20 लाख रुपियाँ मूल्यको काठ सहित 2 जना पक्राउ

राजगञ्ज : सिसाको बोतलको बोराको आड़मा काठ तस्करी गरिरहेको समय बेलाकोवा रेञ्जका वनकर्मीहरूले अभियान चलाएर लाखैँ रुपियाँको बर्मा काठ उद्धार गर्नको साथै घटनामा 2 जना तस्करलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरू झारखण्ड निवासी चन्दन कुमार र छोटु ठाकुरको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा आज बिहानै वन कर्मीहरूले सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्ग अन्तर्गत राजगञ्जको करतोआ इलाकामा अभियान चलाएर एउटा ट्रकलाई रोकेर छानबीन गर्दा 20 लाख रुपियाँ मूल्यको बर्मा काठ उद्धार गरेको बताइएको छ। यसको साथै घटनामा ट्रकको मालिक र चालकलाई पनि पक्राउ गरेको छ। वन विभाग सूत्रले दिएको जानकारी अनुसार उक्त काठ गुवाहाटीबाट महाराष्ट्रतर्फ लगिरहेको थियो। पक्रा परेका 2 जना तस्करलाई भोलि सोमबार जलपाईगढी अदालतमा पेश गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *