20 नम्बर वार्डमा कम्युनिटी हलको मेयर गौतम देवद्वारा उद्घाटन

सिलगढी: सिलगढी नगरनिगमको 20 नम्बर वार्डको राजा राममोहन कोलनीमा कम्युनिटी हलको आज मेयर गौतम देवले उद्घाटन गरे। स्थानीय मानिसहरूको दीर्घदिनदेखिको कम्युनिटी हलको माग आज पुरा भएको छ। मेयर गौतम देवले बताएअनुसार 15 लाख रुपियाँको लागतमा उक्त कम्युनिटी हलको निर्माण गरिएको हो। कम्युनिटी हलको अन्य केही काम बाँकी रहेकोले त्यो पनि चाँडै समाप्त हुनेछ। यस अवसरमा डेपुटी मेयर रञ्जन सरकार, स्थानीय काउन्सिलर अभया बोस लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *