20 प्रतिशतको दरले बोनस दिनुपर्ने जन आन्दोलन पार्टीको माग

मिरिक : जन आन्दोलन पार्टीको मिरिक महकुमा संयोजक रोदन छेत्रीले वर्ष 2019-20 को  बोनस 20 प्रतिशतको दरले श्रमिकवर्गलाई प्रदान गरिनुपर्ने माग गरेका छन्। तिनले आज मिरिकमा पत्रकारहरूसित कुराकानी गर्दै वर्ष 2019-20 –मा मालिकवर्गलाई पहाडका चियाकमानहरूले पर्याप्त मुनाफा दिएको बताउँदै कुनै बाँधाबिनै मालिक पक्षले बितेका वर्षहरूमा हरियो चियापत्तीको राम्रो लाभ कमाएका छन्। यसैले यस वर्ष कमान मालिक पक्षले 20 प्रतिशतको दरले बोनस दिनुपर्ने तिनले माग गरेका छन्। विगत वर्ष झैँ इन्स्टलमेन्टमा बोनस स्वीकार नगरिने साथै 20 प्रतिशतको दरमा बोनस प्राप्तिको निम्ति प्रत्येक चियाबगानका श्रमिकवर्ग एकजुट हुनपर्ने तिनले अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *