’21 जुलाई धर्मतला चलो’ कार्यक्रम सफल पार्न तृणमूल महिला काङ्ग्रेसले सिलगढी शहरमा निकाल्यो रैली

सिलगढी (निसं): तृणमूल काङ्ग्रेसले ’21 जुलाई धर्मतला चलो’ को आह्वान गरेकोले उक्त कार्यक्रमलाई सफल बनाउनका लागि आज दार्जिलिङ जिल्ला तृणमूल महिला काङ्ग्रेसको तर्फबाट सिलगढी शहरमा एउटा रैली निकाल्यो। आज सिलगढीको महात्मा गाँधी मोड़ (एयरभ्यू मोड़) बाट उक्त रैली निकालेर हिलकार्ट रोडको परिक्रमा गर्दै अन्तमा हाँशमी चौकमा पुगेर समापन गरियो। दार्जिलिङ जिल्ला महिला तृणमूल काङ्ग्रेस अध्यक्ष मिल्ली सिन्हा, दार्जिलिङ जिल्ला तृणमूल काङ्ग्रेस अध्यक्ष पापिया घोष लगायत अन्य महिला सदस्यहरूले यस रैलीको नेतृत्व गरेका थिए। उक्त रैलीको माध्यम तृणमूल नेताहरूले पार्टी कार्यकर्ताहरूलाई 21 जुलाई बारे सन्देश दिँदै पार्टीको कार्यक्रममा धरमतला जाने आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Built with ❤︎ by appycodes