’21 जुलाई धर्मतला चलो’ सन्देश दिँदै तृणमूल-द्वारा देवाल लेखन शुरू

सिलगढी : ‘21 जुलाई धर्मतला चलो अर्थात् 21 जुलाई धर्मतला जाऔँ भन्ने सन्देश दिँदै आज डाबग्राम-फुलबारी तृणमूल कङ्ग्रेसले देवाल लेखन शुरू गरेको छ। डाबग्राम-फुलबारी तृणमूल कङ्ग्रेसका ब्लक अध्यक्ष सागर महन्त तथा पार्टीका अन्य कार्यकर्ताहरूले आज डाबग्राम 2 कानकाटा मोड़ संलग्न इलाकामा देवाल लेखन कार्य शुरू गरेर अखिल भारतीय तृणमूल कङ्ग्रेसको आह्वानमा 21 जुलाई धर्मतला चलो सन्देश दिएको छ। यस सम्बन्धमा सागर महन्तले आज डाबग्राम 2 बाट यात्रा शुरू गरेको बताए। पार्टीको अन्य विविध कार्यक्रमहरू पनि रहेको छ भने आज पहिलो दिन देवाल लेखन कार्य शुरू गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *