21 किलो चाँदीका गहनाहरू सहित 2 जना युवक पक्राउ  

सिलगढी (निसं): सिलगढी मेट्रोपलिटनको प्रधान नगर थानाको पुलिसले सादा पोशाकमा वैध कागज नभएको आरोपमा बिहार लगिरहेको लाखौ रूपियाँको चाँदीका गहनाहरूसितै 2 जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा केशव कुमार शर्मा (27) र शिवम सोनी (26) सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार, गत राति प्रधान नगर थाना पुलिसले सादा पोशाकमा सिलगढी जक्सनस्थित बिहार बस स्ट्यान्डमा केशव र शिवमलाई देखेर सन्देह लागेपछि तिनीहरूको ब्याग छानबिन गर्दा 21 किलो चाँदीका गहनाहरू फेला पारे। यसपछि पुलिसले ती गहनाहरूको कागज माग्दा तिनीहरूले दिन नसकेपछि अपराधिक मामिला दर्ता गरेर केशव कुमार शर्मा र शिवम सोनीलाई पक्राउ गरेको बताइएको छ। आज तिनीहरू दुवैलाई पुलिसले सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *