21 किलो गाँजासहित महिला पक्राउ

सिलगढी: सिलगढीको मतिगढा थाना पुलिसले सादा पोशाकमा एकजना महिलालाई 21 किलो गाँजासहित पक्राउ गरेको छ। पक्रा पर्ने महिला बालुरघाटको हिली निवासी शिप्रा चौहान (35)-को रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्र अनुसार शिव मन्दिरको मेडिकल मोड बस स्ट्यान्ड नजिक महिलालाई संदिग्ध अवस्थामा देखेपछि तिनको ट्रली ब्याग छानबिन गर्दा पुलिसले त्यहाँबाट 21 किलो गाँजा उद्धार गरे। उद्धार गरेको गाँजाको बजार मूल्य लगभग डेढ लाख रूपियाँ रहेको बताइएको छ। आरोपी महिला विरूद्ध एनडीपीएस एक्ट मामिला दर्ता गरेर पुलिसले तिनलाई आज सिलगढी अदालतमा पेश गरियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *