21 किलो गाँजा सहित दुईजना पक्राउ

सिलगढी : भक्तिनगर थाना पुलिसले 21 किलो गाँजासहित दुईजना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले मोहम्मद इन्द्राज अली र राहुल शेख सामेल छन्। प्राप्त जानकारी अनुसार हिजो साँझ मोहम्मद र राहुल गाँजा पुर्‍याउन सिलगढीको इन्दिरा गाँधी मैदानमा पुगेको पुलिसले खबर पाएपछि उक्त इलाकामा अभियान चलाएर 21 किलो गाँजा सहित ती दुई व्यक्तिलाई पक्राउ गरेको बताइएको छ।


पक्रा परेका दुई आरोपीविरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज जलपाईगढी अदालतमा पेश गरियो। स्मरण रहोस्, सिलगढी मेट्रोपोलिटन पुलिसले से नो टु ड्रग्स अभियान अन्तर्गत मादक पदार्थ विरुद्ध लगातार अभियान चलाएर मादक पदार्थ सहित तस्करहरूलाई पक्राउ गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişcasibomholiganbetbets10onwin girişcasibomJOJO BET