21 नम्बर वार्ड कमिटीको पहलमा वार्ड उत्सवको आयोजना

सिलगढी : सिलगढीको 21 नम्बर वार्ड कमिटीको पहलमा तथा सिलगढी नगरनिगमको सहयोगितामा आज 27 दिसम्बरदेखि वार्ड उत्सवको आयोजना गरिएको छ। उक्त वार्ड उत्सव आगामी 4 जनवरीसम्म चल्नेछ। आज बिहान ससाना नानीहरूको साथमा शोभायात्रा निकालेर वार्ड उत्सवको शुरूआत गरियो भने नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्तीले वार्ड उत्सवको शुरूआत गरे। यस अवसरमा 37 नम्बर वार्डका काउन्सिलर अलोक भक्त पनि उपस्थित थिए। वार्ड उत्सवको अवसरमा 21 नम्बर वार्डको विभिन्न ठाउँमा विविध प्रतियोगितामूलक कार्यक्रमको आयोजना गरिनेछ। यस विषयमा काउन्सिलर कुन्तल रायले भने, गत दुई वर्ष कोरोना महामारीले गर्दा वार्ड उत्सवको आयोजना गरिएको थिएन। यसैले यस वर्ष वार्ड उत्सवलाई लिएर सबैमा निक्कै उत्साह देखिएको छ। वार्ड उत्सवको समापनको दिन चर्चित सङ्गीतकार तथा विधायक अदिति मुन्शीले गीत प्रस्तुत गर्नेछिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *