22 जुलाईमा उच्च माध्यमिक परीक्षाको परिणाम हुने

सिलगढी : यस वर्षको उच्च माध्यमिक (हायर सेकेन्डेरी) परीक्षाको परिणाम आगामी 22 जुलाईको दिन घोषणा गरिने भएको छ। उच्च माध्यमिक शिक्षा परिषद्ले यसबारे घोषणा गरेको छ। परिषद्ले जनाएअनुसार आगामी 22 जुलाईको दिन अपरान्ह 3 बजी परिणाम घोषणा गरिनेछ भने त्यसै दिन 4 बजीदेखि परिषद्को आफ्नो वेबसाइट लगायत कतिपय वेबसाइटमा परीक्षाको परिणाम विद्यार्थीहरूले हेर्न सक्नेछन्। यसबाहेक एसएमएस अनि मोबाइल एप मार्फत् पनि परीक्षाको परिणाम पनि जान्न सक्ने बताइएको छ। यसैगरी 23 जुलाईको दिन बिहान 11 बजीदेखि परीक्षार्थीहरूलाई मार्कसिट लगायत प्रमाण पत्रहरू दिइने जनाएको छ। स्मरण रहोस्, कोरोना महामारीले गर्दा राज्यभरिकै शैक्षिक संस्थानहरू प्रायःजसो बन्द रहेकोले गर्दा राज्य सरकारले यस वर्षको माध्यमिक र उच्च माध्यमिक परीक्षा रद्द गरेको थियो अनि मूल्याङ्कन पद्धति मार्फत् परीक्षार्थीहरूलाई नम्बर दिइने अगावै घोषणा गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *