22 नम्बर वार्ड तृणमूल कङ्ग्रेस-द्वारा अरविन्द घोषको सालिगको सफाई

सिलगढी : राज्यको सत्ताधारी पार्टी तृणमूल कङ्ग्रेसले विधानसभा चुनाउ अगावै साधारण मानिसहरूसमक्ष जाने उद्देश्य लिएर विविध कदमहरू उठाएको छ। यसै क्रममा आज तृणमूल कङ्ग्रेसले विभिन्न इलाकामा रहेको विद्वानहरूको सालिगको नवीनीकरणको कार्यसूची पालन गरिरहेको छ। राज्यको अन्य ठाउँहरूमा झैँ यता सिलगढीमा पनि आज 22 नम्बर वार्ड तृणमूल कङ्ग्रेसले अरविन्दपल्ली इलाकामा रहेको ऋषि अरविन्द घोषको सालिगको साफ सफाई गरेर तिनलाई श्रद्धाञ्जलि अर्पण गर्यो।


संगठनका सत्यब्रत चक्रवर्तीले बताएअनुसार पार्टीको निर्णय अनुसार इलाकामा रहेको विद्वानहरूको सालिगको साफ सफाई गरेर श्रद्धाञ्जलि अर्पित गरिएको हो। कार्यक्रमको शुरुआतमा ऋषि अरविन्द घोषको सालिगको साफ सफाई गरियो। राज्यको विभिन्न ठाउँहरूमा पनि आज उक्त कार्यक्रम पालन गरिरहेको तिनले बताए। उक्त कार्यक्रमको माध्यमद्वारा संगठन धेरभन्दा धेर मानिसहरूसमक्ष पुग्ने तिनले बताए। यस अवसरमा सिलगढी विधानसभा महिला तृणमूल कङ्ग्रेसका महासचिव भाश्वती चक्रवर्ती, युवा नेता धीमान बोस लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *