237 केजी गाँजा सहित 2 जना पक्राउ

राजगञ्ज : राजगञ्ज थाना पुलिसले 237 किलो गाँजासहित 2 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिहरू उत्तरप्रदेश निवासी मोहम्मद हुसेन (45) र छोदे शा (56) सामेल छन्। पुलिस सूत्रले दिएको जानकारीअनुसार एउटा ट्रकमा धेरै मात्रामा गाँजा बोकेर सिलगढीतर्फ गइरहेको गोप्य सुइँको पाएपछि राजगञ्ज थाना पुलिसले सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको सारीयाम इलाकामा अभियान चलाएर उक्त ट्रकलाई रोकेर छानबीन गर्दा 237 केजी गाँजा उद्धार गरेको बताइएको छ। यसपछि पुलिसले उक्त ट्रकलाई जफत गर्नको साथै दुईजना व्यक्तिलाई पनि पक्राउ गरेको छ। घटनाको खबर पाएर डीएसपी हेडक्वार्टर समीर कुमार पाल र बीडीओ पंकज कोनार राजगञ्ज थानामा आइपुगे। पक्रा परेका दुवै आरोपीलाई भोलि जलपाईगढी अदालतमा पेश गरिनेछ।  घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *