23 दिसम्बरदेखि उत्तरबंग पौष मेला शुरू

सिलगढी : आगामी 23 दिसम्बरदेखि उत्तरबंग पौष मेला शुरू हुने भएको छ। उत्तरबंग पौष मेलाले यस वर्ष 14औँ वर्षमा पाइला टेक्नेछ। सिलगढी जर्नलिस्ट क्लबमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर उत्तरबंग पौष मेला कमिटीका सदस्यहरूले यसबारे जानकारी दिएका छन्। प्रत्येक वर्ष झैँ यस वर्ष पनि सिलगढीको सूर्यसेन पार्क संलग्न महानन्दा नदी किनारमा मेलाको आयोजना गरिने भएको छ। उक्त मेलामा विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिनेछ। उक्त मेला आगामी 23 दिसम्बरदेखि शुरू भएर आगामी 2 जनवरीसम्म चल्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *