23 फरवरीदेखि अगरतलाबाट शुरू हुनेछ भारत दर्शन विशेष पर्यटक ट्रेन

सिलगढी : भारत दर्शन विशेष पर्यटक ट्रेन आगामी 23 फरवरीदेखि पश्चिम बंगालको अगरतलाबाट शुरू गरिने भएको छ। इन्डियन रेलवे क्याटरिङ एन्ड टुरिज्म करपोरेशन लिमिटेड (आईआरसीटीसी) रेल मन्त्रालयको अधीन पीएसयु-को तर्फबाट विशेष भारत दर्शन यात्रा प्याकेज अन्तर्गत श्री रामपथयात्राको आयोजना गरिएको छ। यात्राको क्रममा वाराणसी-अयोध्या-प्रयागराज (इलाहाबाद) जस्ता तीर्थ स्थलहरूको दर्शन गराइनेछ। धर्मनगर-न्यु करीमगञ्ज-बदरपुर-गुवाहाटी-न्यु बोगाईगाउँ-न्यु कुचबिहार-न्यु जलपाईगढी-कटिहार-मा यात्रीहरूलाई चढ़ने-ओर्लिने सुविधा प्रदान गरिनेछ। 9 दिन र 8 रातको प्याकेजको लागि मोठ 8 हजार 5 सय 05 रुपियाँ प्रति व्यक्ति भाँडा लिइनेछ। अनलाइन टिकट बुकिङ लगायत ई-टिकटको पनि व्यवस्था रहेको आईआरसीटीसीका एकजना वरिष्ठ अधिकारी अनुज दत्तले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *