23 जनवरीमा ‘रेस फर शहीद’ प्रतियोगिताको आयोजना गरिने

सिलगढी युनिक फाउन्डेसन टीम र देशबन्धु स्पोर्टिङ युनियनको संयुक्त पहलमा रेस फर शहीद प्रतियोगिता आगामी 23 जनवरीमा आयोजना गरिने भएको छ। सिलगढी जर्नलिस्ट्स क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर युनिक फाउन्डेशनका सदस्य सुशान्त पालले यसबारे जानकारी दिएका छन्। तिनले बताएअनुसार उक्त दौड़ प्रतियोगिता सुकनादेखि शुरू गरेर देशबन्धु स्पोर्टिङ युनियन क्लबमा आइपुगेपछि समापन गरिने भएको छ। उक्त दौड प्रतियोगितामा 15 वर्षदेखिका माथिकाहरूले अंश ग्रहण गर्ने भएका छन्। अर्कोतिर, देशबन्धु स्पोर्टिङ युनियनको तर्फबाट अनुप बोसले बताअनुसार नेताजी सुभाष चन्द्र बोसको जन्मदिन मनाउने तथा वीर शहीदहरूलाई श्रद्धाञ्जलि दिइने उद्देश्य लिएर उक्त दौड प्रतियोगिताको आयोजना गरिने भएको छ। राज्यका पर्यटन मन्त्री गौतम देवले उक्त प्रतियोगिताको उद्घाटन गर्ने छन् भने क्याप्टन ज्ञानेन्द्र कुमार राय मुख्य अतिथिको रूपमा उपस्थित रहनेछन्। महिला तथा पुरुष वर्गमा आयोजित उक्त दौड प्रतियोगिताको विजयी 10 जना प्रतियोगीहरूलाई पदक र ट्राफीद्वारा सम्मानित गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *