23 नम्बर वार्ड तृणमूल कङ्ग्रेस कमिटी-द्वारा अन्तर्राष्ट्रिय नारी दिवस पालन

सिलगढी : सिलगढी सहरको विभिन्न ठाउँमा अन्तर्राष्ट्रिय नारी दिवस पालन गरिरहेको छ। यसै क्रममा आज सिलगढीको 23 नम्बर वार्ड तृणमूल कङ्ग्रेस कमिटीको तर्फबाट सिलगढी पार्क अघि एउटा कार्यक्रमको माध्यमद्वारा अन्तर्राष्ट्रिय नारी दिवस पालन गरियो। उक्त वार्डका महिलाहरूलाई गुलाबको फुल र चकलेट प्रदान गरे नारी दिवसको शुभकामना दिइयो।


यसको साथै वार्ड तृणमूलका कार्यकर्ता तथा समर्थकहरूले सडक आरोही महिला लगायत माइकल मधुसुदन विद्यापीठका शिक्षिकाहरूलाई पनि नारी दिवसको शुभकामना दिए। यस अवसरमा वार्डका महिला काउन्सिलर लक्ष्मी पाल लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *