24 घण्टाको अवधिमै चोरी भएको बाइक उद्धार, 1 जना पक्राउ

सिलगढी : बाइक चोरी भएको 24 घण्टाको अवधिमै पुलिसले चोरी भएको बाइक सहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक पार्थ मल्लिकको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत 19 मार्च राति नेताजीनगरको नयाँ बस्ती इलाकाको एउटा घरबाट बाइक चोरी भएपछि गत 20 मार्चमा घटनाबारे प्रधाननगर थानामा अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले 24 घण्टाको अवधिमै सर्किट हाउस मस्जिद मोड नजिकबाट चोरी भएको बाइक सहित एकजना युवकलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *