24 घण्टाको अवधिमै दिनहाटा ब्याङ्क डकैतीको पर्दाफास, 3 जना ब्याङ्क कर्मी पक्राउ 

कुचबिहार : दिनहाटा निगमनगरको एउटा ब्याङ्कमा डकैती भएको 24 घण्टाको अवधिमै पुलिसले 3 जना आरोपीलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले ब्याङ्कका केसियर अतारूल हुसेन, म्यानेजर अरिजीत भौमिक र कर्मचारी चन्द्रशेखर बर्मन सामेल छन्। घटनाक्रमअनुसार हिजो बिहान 10 बजी दिनहाटा निगमनगरको उत्तरबंग क्षेत्रीय ग्रामीण ब्याङ्कमा डकैती भएको थियो। घटनाको खबर पाएर दिनहाटा थाना पुलिस घटनामा पुगेर घटनाबारे जानकारी लिए। ब्याङ्कको तर्फबाट पुलिसलाई जानकारी गराएअनुसार ब्याङ्कका केसियर आतारूल हुसेन र म्यानेजरले रुपियाँ निकालेर टेबलमा राखेका थिए अनि दोस्रोपल्ट फेरि रुपियाँ लिन जाँदा तीनजना ग्राहक आएर उक्त रुपियाँ लिएर चम्पट कसेको बताइएको छ। घटनाको समय ब्याङ्क कर्मीहरूले हर्न नबजाएकोले गर्दा स्थानीय मानिसहरूले घटनाबारे थाहा नपाएकोबारे पुलिसले थाहा पाए। यसपछि पुलिसलाई सन्देह लागेर ब्याङ्कका 3 जना कर्मीलाई हिरासतमा लिएर सोधखोज गर्दा तिनीहरूले योजनाबद्ध रूपमा ब्याङ्कमा डकैती गरेको स्वीकार गरेको बताइएको छ। घटनाको मुख्य आरोपी ब्याङ्कका केसियर अतारूल हुसेन, म्यानेजर अरिजीत भौमिक र कर्मचारी चन्द्रशेखर बर्मनलाई पुलिसले पक्राउ गरेपछि आज दिनहाटा अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *