24 केजी ओजन भएको 2 वटा हात्तीको दाँत उद्धार, 2 जना पक्राउ

राजगञ्ज : बेलाकोवा रेञ्जका वनकर्मीहरूले तस्करी गर्न अगावै 24 केजी ओजन भएको 2 वटा हात्तीको दाँत सहित 2 जना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा पर्नेहरूमा गोविन्द प्रधान र विकास लामा सामेल छन्। ती दुईमध्ये एकजना अलिपुरद्वार निवासी र अन्य एकजना जलपाईगढी निवासी हुन्।


गोप्य सूचनाको आधारमा बुधबार बेलुकी रेञ्जर सञ्जय दत्तको नेतृत्वमा वन कर्मीहरूले मालबजारको ओदलाबारी इलाकामा अभियान चलाएर  24 केजी ओजन भएको 2 वटा हात्तीको दाँत सहित 2 जना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। यसको साथै एउटा बाइक पनि उद्धार गरेको छ। वन विभाग सूत्रले दिएको जानकारी अनुसार उक्त हात्तीको दाँत असमबाट ल्याएर नेपालमा लगभग 60 लाख रुपियाँमा बिक्री गर्ने तिनीहरूको उद्देश्य रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *