24 नम्बर वार्डबाट पराजित भए तापनि शङ्कर घोषले भेट गरे तृणमूलका विजय प्रार्थी प्रतुल चक्रवर्तीलाई

सिलगढी : भाजपा विधायक शङ्कर घोषले आज सिलगढीको 24 नम्बर वार्डका विजयी तृणमूल प्रार्थी प्रतुल चक्रवर्तीसित भेट गरे। स्मरण रहोस्, गत 2015-मा सिलगढीको 24 नम्बर वार्डका तृणमूल प्रार्थी प्रतुल चक्रवर्तीलाई पराजित गरेर शङ्कर घोष काउन्सिलर बनेका थिए। तथापि, यसपल्टको सिलगढी नगरनिगमको चुनाउमा सिलगढीको 24 नम्बर वार्डका पूर्व काउन्सिलर तथा भाजपा प्रार्थी शङ्कर घोषलाई पराजित गरेर तृणमूल प्रार्थी प्रतुल चक्रवर्ती विजयी बनेका छन्। चुनाउ अवधि दुई दलमाझ कठोर प्रतिस्पर्धा भए तापनि चुनाउपछि 24 नम्बर वार्डका भाजपा र तृणमूलका दुई नेताले शिष्टाचारको राजनीतिलाई प्राथमिकता दिएर उक्त भेट गरेको बताइएको छ। भाजपा नेता शङ्कर घोषले आज 24 नम्बर वार्डका विजयी तृणमूल प्रार्थी प्रतुल चक्रवर्तीसित तिनकै निवानस्थानमा गएर भेटघाट गर्नको साथै चुनाउमा जीत हासिल गरेकोमा बधाई पनि दिए। अर्कोतिर, तृणमूलका विजयी प्रार्थी प्रतुल चक्रवर्तीले बताएअनुसार यो भेटघाट सिलगढीको पारम्परिक शिष्टाचारको राजनीति हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *