24 नम्बरमा वार्डमा ‘तपाईँ के चाहनु हुन्छ’ पहल शुरू

सिलगढी : सिलगढी नगरनिगम चुनाउलाई केन्द्र गरेर 24 नम्बर वार्ड काउन्सिलर शङ्कर घोषले आपनी कि चान (तपाईँ के चाहनु हुन्छ) पहल शुरू गरेको छ। आफ्नो 5 वर्षको कार्यकालमा उक्त वार्डमा विविध विकासमूलक कार्य गरिरहेको साथै आउँदो नगरनिगम चुनाउमा स्थानीय मानिसहरूले आफूलाई मतदान गरेर विजयी बनाएको खण्डमा अझ विकासमूलक कार्यहरू गर्ने उद्देश्य लिएर नै उक्त पहल अन्तर्गत मानिसहरूको समस्या जान्ने प्रयास गरेको तिनले बताए। यस पहल अन्तर्गत वार्डवासीहरूलाई एउटा व्हाट्सएप नम्बर (62951-11581) दिइनेछ। उक्त नम्बरमा फोन गरेर वार्डवासीहरूले आफ्नो इच्छा व्यक्त गर्न सक्ने साथै यसबारे चर्चा-परिचर्चा गरेपछि उचित पदक्षेप लिइने तिनले बताए। उक्त पहल साधारण मानिसहरूसमक्ष पुर्‍याउने उद्देश्य लिएर वार्डभरि ब्यानर लगाइने साथै साधारण मानिसहरूको मागअनुसार आगामी नगरनिगम चुनाउ लड्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *