24 नम्बर वार्ड तृणमूलद्वारा सुरक्षा सामग्री वितरण

सिलगढी : सिलगढी नगरनिगमको 24 नम्बर वार्ड तृणमूल कांग्रेसको पहलमा फुलेश्वरी बजार संलग्न इलाकाका मानिसहरूलाई मास्क, टोपी र सेनिटाइज वितरण गरियो। उक्त बजारका माछा विक्रेता, सब्जी विक्रेता लगायत लगभग 200 मानिसहरूलाई सुरक्षा सामग्रीहरू वितरण गरियो। यसको साथै वार्ड तृणमूल कांग्रेसका सदस्यहरूले साधारण मानिसहरूलाई कोरोनाबारे जागरूक पनि गरे। यस अवसरमा तृणमूल युवा नेता प्रत्युष चक्रवर्ती, कुन्तल बोस लगायत अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *