2565औं बुद्ध जयन्ती साधरण रूपमा पालन

बिजनबारी: शान्तिको दुत मानिने गौतम बुद्धको जन्मदिन आज बिजनबारी क्षेत्रका विभिन्न स्थानहरुमा कोरोनाको महामारी र सरकारले जारी गरिएको लकडाउनको नियमलाई शिरोपर गर्दै साधरण रूपमा पालन गरियो। यसै क्रममा उर्गेन सामतेन छोइलिङ गुम्बामा पनि लोअर चुङथुङ डाँड़ा गाउँले पनि सामान्य रूपमा पुजा-अर्चनाको साथमा बुद्ध जयन्ती पालन गऱ्यो। कोरोना महामारीले गत वर्ष झै यसपल्ट पनि बुद्ध जयन्ती धुमधामसित पालन गर्न नसकिएको आयोजक कमिटीले बताएको छ। एकजना धर्मगुरु अनि केही म्हाणीपालाई मात्र लिएर भगवान बुद्धको 2565 औं जन्म जयन्ती आज पालन गरिएको गुम्बाका सचिव मदन घिसिङले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *