25 वर्षीय बिकी दास सिलगढीबाट निखोज

सिलगढी: सिलगढी नगरनिगमको 23 नम्बर वार्डको डाबग्राम कोलनी निवासी 25 वर्षीय बिकी दास गत 28 अप्रेलदेखि निखोज भएका छन्। निखोज भएको 9 दिन बितिसक्दा पनि छोरा घरमा फर्कि नआएपछि अन्ततः असहाय आमाले पुलिस समक्ष गुहार लगाएकी छन्। सिलगढी नगरनिगमको  23 नम्बर वार्डको डाबग्राम कोलनी निवासी सुमित्रा दासले बताएअनुसार गत 28 अप्रेलको साँझ 4 बजी तिनको छोरा बिकी दास घरबाट निस्केपछि फर्किआएका छैनन्। आमा सुमित्राले छिमेकी लगायत आफन्ताहरूकोमा छोराको खोजी गरे तापनि हालसम्म कुनै पत्तो लागेको छैन। यसपछि तिनले सिलगढी थानामा छोरा निखोज भएकोबारे एउटा अभियोग दर्ता गरेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *