25 ग्राम हेरोइन सहित दुईजना युवक पक्राउ

मैनागढी:  मैनागढी थाना पुलिसले 25 ग्राम हिरोइनसहित दुईजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने दुवै सिलगढीको बाघडुग्रा निवासी रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार मैनागढी पुलिसले गत राति गोप्य सूचना पाएर इन्दिरा मोड इलाकामा अभियान चलाएर एउटा बाइकलाई रोकेर छानबिन गर्दा दुईजना युवकबाट 25 ग्राम हेरोइन फेला पारेपछि दुवै जना युवकलाई पुलिसले पक्राउ गरेको छ। सूत्र अनुसार उक्त फेला पारेको हेरोइनको मूल्य लगभग 50 हजार रूपियाँ रहेको छ। मैनागढी पुलिसले घटनाको अघिल्लो कार्वाही शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *