25 जना शिक्षक तृणमूल प्राथमिक शिक्षक सङ्घमा सामेल

खोरीबारी: पश्चिम बंगाल तृणमूल प्राथमिक शिक्षक संघको तर्फबाट बुधवार सरस्वती शिशु मेमोरियल प्राथमिक विद्यालय बिधाननगरमा एउटा कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा सिलगढ़ी शिक्षा जिल्लाको बिधान नगर सर्कलको पश्चिम बंगाल प्राथमिक शिक्षक संघ अनि निखिल बंग प्राथमिक संघका 25 जना शिक्षकहरू आफ्नो सङ्गठन छोड़ेर पश्चिम बंगाल तृणमूल प्राथमिक शिक्षक संघमा सामेल भएका छन्। यस कार्यक्रममा पश्चिम बंगाल तृणमूल शिक्षक संगठनका जिल्ला सभापति बिभाष चक्रवर्ती, बिधान नगर सर्कल सचिव बरुण सरकार, शिक्षक मुस्ताक अहमदसहित अन्य शिक्षकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *