25 किलो गाँजासहित दुईजना पक्राउ

सिलगढ़ी: एनजेपी पुलिसले 25 किलो गाँजा सहित एउटी महिला र युवकलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा कुचबिहारका रंजीत हालदार अनि मालदाका मेहबूबा अजगरी सामेल छन्। तिनीहरू दुवै जनालाई आज जलपाइगढ़ी अदालतमा पेश गरियो।


पुलिस सूत्रले दिएको जानकारी अनुसार कुचबिहारबाट गाँजा ल्याएर तीनबत्ती मोड़मा उत्रेपछि मालदा तस्करी गर्नको लागि यी दुवैजना एनजेपी स्टेशनमा ट्रेन चढ़न गइरहेको समय पुलिसले पक्राउ गरे। पुलिसले तिनीहरूको ब्यागबाट 25 किलो गाँजा उद्धार गरेको बताइएको छ। उक्त गाँजाको अनुमानिक मूल्य अढाई लाख रूपियाँ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *