25 नम्बर वार्डमा कांग्रेसको सम्भावित प्रार्थी जतन साहा

सिलगढी : सिलगढी नगरनिगमको 25 नम्बर वार्डमा आज कर्मी सभाको आयोजना गरियो। यस अवसरमा मतिगढा-नक्सलबारीका विधायक तथा जिल्ला कांग्रेस अध्यक्ष शङ्कर मालाकारले सिलगढी नगरनिगम चुनाउमा सम्भावित उम्मेद्वारको रूपमा 25 नम्बर वार्डका कांग्रेस पार्षद सीमा साहाको लोग्ने जतन साहाको नाम घोषणा गरे। तिनले आगामी चुनाउलाई लिएर रणनीति तयार गर्ने बताए। आगामी 10 फरवारीको दिन उम्मेद्वारको अन्तिम तालिका प्रकाशित गरिने भएको छ। तिनले आउँदो नगरनिगम चुनाउमा कांग्रेसले धेरै मतले विजयी हासिल गर्ने दावी गरे। यसको साथै महात्मा गाँधीको 151औँ पुण्यतिथिको उपलक्ष्यमा कांग्रेस कमिटीको तर्फबाट आज 150 जना आवश्यकमन्दहरूलाई कम्बल वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *