26 किलो गाँजासहित हिटलर राय पक्राउ

सिलगढी (निसं):  मादक पदार्थ तस्करी गरेको आरोपमा प्रधान नगर थाना पुलिसले एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवकको नाम हिटलर राय बताइएको छ। गत राति प्रधान नगर थानाको पुलिसले सादा पोशाकमा दार्जिलिङ मोड़ तर्फ गइरहेको बाइकलाई सन्देहको आधारमा रोकेर छानबिन गर्दा बाइकमा भएको एउटा झोलाबाट लगभग 26 किलो गाँजा उद्धार गऱ्यो।  यसपछि पुलिसले बाइक चालक हिटलर रायलाई पक्राउ गर्नको साथै  बाइक पनि जफत गऱ्यो। आज आरोपीलाई सिलगढी अदालतमा पेश गरेर पुलिस रिमान्डमा लिएको छ। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *