263 ग्राम ब्राउन सुगरसहित बाघडुग्राबाट तीनजना युवक पक्राउ

सिलगढी: एसओजी (स्पेशल अपरेशन ग्रूप) ले बाघडुग्राको हाँसखोवा बजारमा अभियान चलाएर 263 ग्राम ब्राउन सुगरसहित तीनजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा मोहम्मद वासिम शेख, मोहम्मद तामेज र मोहम्मद इस्माइल सामेल छन्। यिनीहरूमध्ये मोहम्मद वासिम शेख मालदाको कालियाचौक निवासी हुन् भने अन्य दुईजना विश्वास कोलोनी मतिगढाका हुन्। आज पक्रा परेका तीनैजना आरोपीलाई अदालतमा पेश गरियो।


एसओजी सूत्रले दिएको जानकारी अनुसार मोहम्मद वासिम शेखले ब्राउन सुगर मालदाबाट सिलगढी ल्याएका थिए। यसपछि मोहम्मद तामेज र मोहम्मद इस्माइलको सहयोगमा ब्राउन सुगरको डेलिवरी गर्नको लागि मंगलवार अपरान्ह बाघडुग्राको हाँसखोवा बजारमा भेला भएका थिए। यसै अवधि तिनीहरूलाई पक्राउ गरेको बताइएको छ। तिनीहरूबाट पुलिसले 263 ग्राम ब्राउन सुगर उद्धार गरेको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *