26 फरवरी उत्तर बंगालमा व्यवसायीहरूले व्यापार बन्द राख्ने

सिलगढी : केन्द्र सरकारले प्रस्तुत गरेको नयाँ बजटलाई लिएर सिलगढीका व्यवसायीहरू खुसी नरहेको देखिएको छ। नयाँ बजटले ठुल्ठुला व्यवसायीहरूलाई असुविधा नभए तापनि मध्यम एवम् खुद्रा व्यापारीहरूलाई यसले निक्कै असुविधा भइरहेको तिनीहरूको आरोप रहेको छ। विभिन्न क्षेत्रका व्यवसायीहरूलाई जरिमाना लगाइएकोले गर्दा व्यवसायीहरूले क्षोभ प्रकट गर्दै आगामी 26 फरवरीमा व्यवसायीहरूले उत्तर बंगालमा व्यवसाय बन्द राख्ने भएको छ। इस्टर्न एबीसी चेम्बर अफ् कमर्स एन्ड इन्डस्ट्रिजका सुरजीत पालले बताएअनुसार नयाँ बजट आफूहरूको लागि घाँटीको पासो भइरहेको छ। इस्टर्न एबीसी चेम्बर अफ् कमर्स एन्ड इन्डस्ट्रिजको सिलगढीमा 22 वटा संगठनले मिलेर आगामी 26 फरवरीमा उत्तर बंगालमा व्यवसाय बन्द राख्ने निर्णय लिएको तिनले बताए। बन्दले गर्दा सिलगढी सहरमा लगभग 5 सय करोड रुपियाँको नोक्सानी हुने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *