26 जनवरीमा आमबारी टिस्टा ब्यारेजमा पिकनिक खेल्नेहरूको घुइँचो

राजगञ्ज : 26 जनवरी गणतन्त्र दिवसको अवसरमा आज आमबारी टिस्टा ब्यारेजमा पिकनिक खेल्नेहरूको भीड देखियो। आमबारी टिस्टा ब्यारेजको प्राकृतिक मनोरम दृश्यले गर्दा प्रत्येक वर्ष धेरै संख्यामा मानिसहरू यहाँ पिकनिक खेल्न आउने गर्छन्। यस वर्ष पनि सिलगढी, जलपाईगढी लगायत छेउछाउका इलाकाका मानिसहरू यहाँ पिकनिक खेल्न आएका छन्। छुट्टीको दिन परिवार, सहकर्मी लगायत साथीहरूको साथमा यहाँ धेरैजना मानिसहरूले पिकनिकको आनन्द उठाउने गर्छन्। आज आमबारी ब्यारेजमा पिकनिक खेल्न आएकाहरूले बताएअनुसार ब्यारेज इलाका एकदमै राम्रो छ। यहाँ पिकनिक खेल्न आउँदा कुनै प्रकारको असुविधा हुँदैन। यहाँको प्राकृतिक सौन्दर्यले गर्दा यहाँ बारम्बार पिकनिक खेल्न आउने गर्दछौँ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *