26 नोभेम्बरदेखि सिलगढी प्रिमियर लिग 2023 शुरू

सिलगढी : सिलगढी महकुमा क्रीड परिषदको तर्फबाट आगामी 26 नोभेम्बरदेखि कञ्चनजङ्घा स्टेडियममा सिलगढी प्रिमियर लिग 2023-को आयोजना गरिने भएको छ। आज पत्रकार सम्मेलनको आयोजना गरेर सिलगढी महकुमा क्रीडा परिषदका फुटबल सचिव सौरभ भट्टाचार्यले यसबारे जानकारी दिएका छन्। तिनले दिएको जानकारी अनुसार सिलगढी प्रिमियर लिगमा मोठ 10 वटा टोलीले अंश ग्रहण गर्नेछ। गत 2 वर्ष कोरोनाले गर्दा सिलगढी प्रिमियर लिगलाई लिग कम नकआउट गरिएको थियो। तर यस वर्ष पुरानो पद्धतिमा अर्थात् पोइन्ट अनुसार च्याम्पियन एवम् रनर्स घोषणा गरिनेछ। सबै मिलाएर मोठ 45 वटा म्याच खेलाइनेछ। प्रत्येक खेलमा म्यान अफ् द म्याच, बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट प्लेयरलाई आकर्षक ट्रफी तथा नगद पुरस्कार प्रदान गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *