26 नोभेम्बरको हड़ताललाई सफल बनाउन सिलगढीमा एमएसआरयु –को र्‍याली

सिलगढी : आगामी 26 नोभेम्बरको दिन 16 वटा श्रमिक संगठनले बोलाएको देशव्यापी हड़ताललाई सफल तुल्याउन आज मेडिकल रिप्रेजेन्टेटिभको युनियन एमएसआरयु सड़कमा ओर्लिएको छ। एमएसआरयु-का सदस्यहरूले आज सिलगढीको कञ्चनजङ्घा स्टेडियम अघिबाट एउटा र्‍यालीको आयोजना गर्यो। उक्त र्‍यालीमा वाम नेता अशोक भट्टाचार्य पनि उपस्थित थिए। श्रमिक, कृषक, साधारण मानिसहरू लगायत बेरोजगारहरूको मागलाई लिएर बोलाइएको उक्त हड़ताललाई सफल बनाउन आज उक्त कार्यसूची ग्रहण गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *