26 नोभेम्बरमा देशव्यापी हडतालको आहवान

सिलगढी : आगामी 26 नोभोम्बरको दिन आईएनटीयुसी, सीआईटीयु लगायत केन्द्रीय ट्रेड युनियन एवम् फेडरेशनले देशव्यापी हडताल बोलाएको छ। केन्द्र सरकारको श्रमिक एवम् कृषक विरोधी नीतिविरुद्ध संयुक्त श्रमिक संगठनले देशव्यापी आन्दोलन गरिरहेको छ भने संगठनले यसको विरोधमा आगामी 26 नोभेम्बरको दिन सारा भारत साधारण हड़ताल डाकेको छ। हडताललाई सफल तुल्याउने उद्देश्य लिएर श्रमिक संगठनको तर्फबाट विभिन्न कार्यसूची ग्रहण गरेको छ। यसैलाई केन्द्र गरेर आज सिलगढीमा एउटा सभाको आयोजना गरियो। आजको सभामा सीआईटीयुका राज्य महासचिव अनादि साहु, आईएनटीयुसीका नेता अलक चक्रवर्ती लगायत संगठनका अन्य नेतृत्वहरू उपस्थित थिए। महासचिव अनादि साहुले केन्द्र सरकारले श्रमिकहरूको पक्षमा नभएर श्रमिक विरोधी नीति अप्नाइरहेकोले खटिखाने श्रमिक तथा कृषकहरू समस्यामा परेका छन्। केन्द्र सरकारले चाँडै श्रमिक विरोधी नीति परिवर्तन गर्नुपर्ने माग गरेका छन्। आगामी 26 नोभेम्बरमा आफूहरूद्वारा डाकेको हडतालमा साधारण मानिसहरूले समर्थन गर्ने तिनले आशा साँचेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *