26 नम्बर वार्डका तृणमूल प्रार्थीको समर्थनमा गौतम देवले गरे चुनाउ प्रचार

सिलगढी : सिलगढीको 26 नम्बर वार्डका प्रार्थी सिक्ता दे बसुरायको समर्थनमा पूर्व मन्त्री तथा 33 नम्बर वार्डका तृणमूल प्रार्थी गौतम देवले आज अन्तिम चरणको चुनाउ प्रचार गरे। बाबुपाड़ा बोइज क्लब मैदानबाट तृणमूल उम्मेद्वार, कार्यकर्ता तथा समर्थकहरूको साथमा एउटा र्‍यालीको माध्यमद्वारा गौतम देवले चुनाउ प्रचार गर्दै वार्डवासीहरूलाई तृणमूल उम्मेद्वारको पक्षमा मतदान गर्ने अपील पनि गरे। यस सम्बन्धमा गौतम देवले भने, यसपल्टको सिलगढी नगरनिगम चुनाउमा तृणमूल कङ्ग्रेस विपुल मतले विजय हासिल गरेर नगरनिगम बोर्ड गठन गर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.