26 नम्बर वार्डका तृणमूल प्रार्थीको समर्थनमा चुनाउ प्रचार गरे राज चक्रवर्तीले

सिलगढी : सिलगढीको 26 नम्बर वार्डका तृणमूल प्रार्थी सिक्ता दे-को समर्थनमा विधायक राज चक्रवर्तीले आज चुनाउ प्रचार गरे। तिनी आज उक्त वार्डको बाबुपाडा बोइज क्लबको मैदानमा एउटा जनसभामा अंश ग्रहण गरेका थिए भने त्यहीँ तिनले तृणमूल प्रार्थीको समर्थनमा चुनाउ प्रचार गरे। यस अवसरमा तिनले भने, सिलगढी सहरको विकास गर्नको लागि सहरका मानिसहरूले तृणमूल कङ्ग्रेसलाई मतदान गरेर सिलगढी नगरनिगम ममता ब्यानर्जीको हातमा सुम्पिदिएको सहरको चौतर्फी विकास हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *