26 वटा भैँसी सहित 2 जना पक्राउ

फाँसीदेवा : तस्करी गर्न अगावै 26 वटा भैँसी सहित 2 जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू उत्तरप्रदेश निवासी मोहम्मद अब्दुल्ला र मोहम्मद अमिल सामेल छन्। प्राप्त जानकारी अनुसार फाँसीदेवा ब्लकको विधाननगरको मुरलीगञ्ज चेकपोस्टमा नाका चेकिङ अवधि एउटा डाक पार्सलको वाहनलाई रोकेर छानबीन गर्दा 26 वटा भैँसी उद्धार गरेको बताइएको छ। घटनामा चालक र खलासीलाई पनि पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार चालकले जफत गरेको उक्त भैँसीको वैध कागजपत्र देखाउन नसकेको साथै उक्त भैँसीहरूबिहारबाट असम हुँदै बङ्ग्लादेश तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *