275 ग्राम ब्राउन सुगर सहित 2 जना पक्राउ

सिलगढी : सिलगढी नगरनिगमको 43 नम्बर वार्ड सहिद नगर इलाकामा स्पेशल अपरेशन ग्रुप (एसओजी) र भक्ति नगर थाना पुलिसले गत राति संयुक्त अभियान चलाएर धेरै मात्रामा ब्राउन सुगर सहित 2 जनालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू सिलगढीको 4 नम्बर वार्ड निवासी प्रदीप प्रसाद र एमडी शमशुल सामेल छन्। एसओजी सूत्रले दिएको जानकारी अनुसार राष्ट्रिय राजमार्ग 31 नजिक सहिद नगर इलाकामा ब्राउन सुगरको तस्करी हुने गोप्य सुइँको पाएपछि एसओजी टीमले भक्ति नगर थाना पुलिसको सहयोगमा उक्त इलाकामा अभियान चलाएर सन्देहको आधारमा एउटा स्कुटीलाई रोकेर छानबीन गर्दा स्कुटीको डिक्कीबाट 275 ग्राम ब्राउन सुगर उद्धार गर्नको साथै ती दुईजनालाई पक्राउ गरेको छ। जफत गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य 40 लाख रुपियाँ रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *