27 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

टिस्टा भेल्ली: तकदाह टिस्टा भेल्ली समष्टि अन्तर्गत नामरिङबाट 27 परिवारले हाम्रो पार्टी त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन जनायो। नामरिङको हिमाली समाजका 27 परिवार हालसम्म हाम्रो पार्टीमा रहेको थियो भने आज एउटा सभामा तिनीहरूले पार्टी त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन जनाए। समष्टिका अध्यक्ष ढेण्डुप पाख्रिनले तिनीहरू सबै जनालाई स्वागत जनाउँदै पार्टीको झण्डा प्रदान गरे। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन जनाए पछि रिवाज प्रधानले भने, हामीले हाम्रो पार्टीमा केही गर्छौ भनेर खुट्टा चाल्नु खोजेका थियौं। तर त्यहाँ भित्र धेरै अनमेल पायौं। हाम्रो पार्टी-को क्रियाकलाप हामीलाई मन परेन। त्यसैले हामीले हाम्रो पार्टी त्यागेका हौ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *