280 ग्राम ब्राउन सुगर सहित तीनजना बाघडुग्राबाट पक्राउ

बाघडुग्रा: स्पेशल अपरेसन ग्रुप अनि बाघडुग्रा पुलिसले 280 ग्राम ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ।  पक्रा पर्नेहरूमा मोहम्मद राजु, मुस्तफा हुसैन र उमेश छेत्री सामेल छन्। मोहम्मद र मुस्तफा हुसैन मालदा कालियाचक निवासी रहेको तथा उमेश छेत्री मालबाजारका वासिन्दा रहेको बताइएको छ। गोप्य सूचनाको आधार गत राति बाघडुग्राको भुट्टाबाड़ीबाट यी तीन जनालाई 280 ब्राउन सुगर सहित पक्राउ गरेको हो। पुलिस सूत्र अनुसार राजु मोहम्मद र मुस्तफा हुसैनले बाघडुग्राको लोकनाथ नगरमा भाडाको घरमा बसेर ब्राउन सुगरको धन्धा चलाइरहेका थिए। तिनीहरूले मादक पदार्थ ल्याएर बाघडुग्रा र शिवमन्दिर इलाकामा बिक्री गर्दथे। आज आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरियो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *