280 ग्राम ब्राउन सुगर सहित व्यक्ति पक्राउ

नक्सलबारी : 280 ग्राम ब्राउन सुगर सहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरियो। पक्रा परेका व्यक्ति 52 वर्षीय नोयास एक्काको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत अबेर राति नक्सलबारीको रथखोला एसएसबी 41औँ बटालियनका जवानहरूले उक्त व्यक्तिलाई रोकेर छानबीन गर्दा 280 ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। एसएसबीका जवानहरूले पक्राउ गरेको व्यक्तिलाई नक्सलबारी पुलिसलाई सुम्पिदिए। पुलिस सूत्रले दिएको जानकारी अनुसार उद्धार गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य लगभग 50 लाख रुपियाँ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *