28 दिसम्बरदेखि सिलगढीको कञ्चनजङ्घा स्टेडियममा क्रिकेट टुर्नामेन्ट शुरू हुने

सिलगढी : सिलगढी महकुमा क्रीड परिषदको तर्फबाट आगामी 28 दिसम्बरदेखि कञ्चनजङ्घा स्टेडियममा फस्ट डिभिजन लीग कम नकआउट टी-20 क्रिकेट टुर्नामेन्ट शुरू हुने भएको छ। आज कञ्चनजङ्घा स्टेडियममा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर सिलगढी महकुमा क्रीडा परिषद्का सदस्यहरूले यसबारे जानकारी गराए। उक्त क्रिकेट टुर्नामेन्ट 65 दिनसम्म चल्नेछ भने उक्त टुर्नामेन्टमा मोठ 31 वटा टोलीले अंश ग्रहण गरेको छ। सिलगढी महकुमा क्रीडा परिषद्का क्रिकेट सचिव मनोज शर्माले बताएअनुसार कोरोना परिस्थितिले गर्दा दुई वर्षसम्म खेला बन्द थियो। दिनमा 2 वटा म्याच खेलाइनेछ। सुपर डिभिजनमा 9 वटा टोलीले अनि फस्ट डिभिजनमा 22 वटा क्रिकेट टोलीले अंश ग्रहण गरेको छ। सुपर डिभिजनमा पुरस्कार स्वरूप विजेता टोलीलाई 30 हजार, रनर्स टोलीलाई 20 हजार र फेयर प्ले दललाई 5 हजार रुपियाँ प्रदान गरिनेछ। यसैगरी, फस्ट डिभिजनमा विजेता टोलीलाई 20 हजार, रनर्स टोलीलाई 10 हजार र फेयर प्ले टोलीलाई 5 हजार रुपियाँ प्रदान गरिने आयोजक कमिटीले जनाएको छ। कोरोना सम्बन्धी सबै सरकारी नियमहरू पालन गर्दै टुर्नामेन्टको आयोजना गरिने बताइएको छ। आजको पत्रकार सम्मेलनमा सिलगढी महकुमा क्रीडा परिषद्का क्रिकेट सचिव मनोज शर्मा, फुटबल सचिव स्वरूप भट्टाचार्य, महासचिव सजल नन्दी, पूर्व फुटबल सचिव मानस दे, महकुमा क्रीडा परिषद्का वर्किङ प्रेसिडेन्ट नान्टु पाल लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *