28 नम्बर वार्ड तृणमूल कङ्ग्रेस कमिटीको तर्फबाट रक्षा बन्धन पर्व पालन

सिलगढी : 28 नम्बर वार्ड तृणमूल कङ्ग्रेस कमिटीको तर्फबाट आज रक्षा बन्धन पर्व पालन गरियो। 28 नम्बर वार्ड तृणमूल कङ्ग्रेस कमिटीका सदस्यहरूले आज वार्ड कार्यालय अघिबाट शुरू गरेर एनटीएस मोडसम्म सबै व्यवसायी तथा सडकमा आवत-जावत गर्ने मानिसहरूलाई राखी बाँधिदिनको साथै मिठाई पनि खुवाए। स्थानीय काउन्सिलर सम्प्रिता दास, दार्जिलिङ जिल्ला तृणमूल महासचिव मदन भट्टाचार्यको हातमा राखी बाँधिदिएर कार्यक्रमको शुरूआत गरियो। यस अवसरमा मदन भट्टाचार्यले भने, सिलगढी नगरनिगमको सबैभन्दा पछाडिएको वार्डमध्ये 28 नम्बर वार्ड एउटा हो। विगतको समयमा उक्त वार्डमा रक्षा बन्धन पर्व पालन गरिँदैन थियो तर यस वर्ष वर्तमान काउन्सिलर सम्प्रिता दासको प्रयासमा रक्षा बन्धन पर्व पालन गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *