28 र 29 मार्चमा डाकेको भारत बन्दको समर्थनमा कङ्ग्रेसद्वारा फाटापुकुरमा धरना प्रदर्शन

राजगञ्ज : आगामी 28 र 29 मार्चमा डाकेको भारत बन्दको समर्थनमा कङ्ग्रेसद्वारा आज फाटापुकुरमा धरना प्रदर्शन गर्यो। कङ्ग्रेसको संगठन राजगञ्ज ब्लक कमिटी आईएनटीयुसी-को तर्फबाट आज धरना प्रदर्शन गर्नको साथै छात्र नेता आरिफ खानको हत्याकाण्ड घटनाको दोषीहरूलाई चाँडै पक्राउ गरिनुपर्ने माग पनि गरियो। यस विषयमा आईएनटीयुसी ब्लक सभापति देवव्रत नागले बताएअनुसार 23 सूत्रीय मागलाई लिएर आगामी 28 र 29 मार्चमा डाकेको बन्दलाई सफल तुल्याउने उद्देश्य लिएर आफूहरूद्वारा पथसभा तथा धरना प्रदर्शन गरिरहेको छ। यसको साथै कङ्ग्रेसका काउन्सिलर तपन कान्दु र छात्र नेता आनिस खानको हत्याकाण्डको दोषीहरूलाई चाँडै पक्राउ गरिनुपर्ने आफूहरूको माग रहेको तिनले बताए। केन्द्र सरकारले श्रमिक तथा कर्मचारीहरूलाई ईपीएफबाट वञ्चित गरेको प्रतिवाद जनाउँदै विक्षोभ प्रदर्शन गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *