297 जना पे ब्याण्ड कर्मचारीहरू हिल तृणमूलमा सामेल

मिरिक : एकीकृत कर्मचारी सङ्गठन मिरिक महकुमा समितिको 311 जनामध्ये 297 जना पे ब्याण्ड कर्मचारीहरूले आज हिल तृणमूल कांग्रेसलाई समर्थन जनायो भने रहल अन्यले पनि चाँडै समर्थन जनाउने भएको छ। हिल तृणमूल कांग्रेस अध्यक्ष एलबी राईको मुख्य आतिथ्य अनि सङ्गठनका मिरिक महकुमा अध्यक्ष लिलन थापाको सभापतित्वमा सम्पन्न सभामा 297 जना पे ब्याण्ड कर्मचारीहरू हिल तृणमूलमा सामेल भएका छन्।


हिल तृणमूल कांग्रेस अध्यक्ष एलबी राई लगायत कोर कमिटी सदस्य प्रदीप प्रधान, मिङमा आजी भोटिया, आरिफ खान, अनिल छेत्री, शोभन घिसिङ अनि सङ्गठनका केन्द्रीय अध्यक्ष अनिल राई, सचिव तथा सदस्यवर्गको उपस्थितिमा तिनीहरूले दलीय झण्डा ग्रहण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *