29 जनवरीमा मुख्यमन्त्री ममता ब्यानर्जी सिलगढी आउने

सिलगढी : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आगामी 29 जनवरीमा सिलगढी आउने भएकी छन्। त्यस दिन मुख्यमन्त्री ममता ब्यानर्जी विमान मार्फत् फुलबारीको हेलिप्याडमा ओर्लिएपछि भीडियोकन मैदानमा सभा गर्ने बताइएको छ। यसभन्दा अगावै आज जलपाईगढीका जिल्लाशासक, सिलगढीका पुलिस कमिश्नर सी सुधाकर लगायत प्रशासनका उच्च अधिकारीहरूले इलाकाको निरीक्षण गरे। मुख्यमन्त्री ममता ब्यानर्जी आगामी 29 जनवरीमा सिलगढीको फुलबारीमा आउने भएकी छन्। त्यस दिन तिनले भीडियोकन मैदानमा एउटा सभा गर्ने सूत्र मार्फत् थाहा लागेको छ। मुख्यमन्त्री सभा अगावै आज जिल्लाशासक, पुलिस कमिश्नर लगायत पुलिसका उच्च अधिकारीहरूले इलाकाको सुरक्षा व्यवस्थाको निरीक्षण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *