29 नम्बर वार्ड तृणमूल कांग्रेस कमिटीद्वारा खाद्य सामग्री वितरण

सिलगढी : सिलगढी नगरनिगमको 29 नम्बर वार्ड तृणमूल कांग्रेस कमिटीको तर्फबाट आज 150 असहाय परिवारलाई खाद्य सामग्री वितरण गरियो। कमिटीको तर्फबाट आज लगभग डेढ सय असहाय मानिसहरूल चामल, दाल, तेल, सब्जी, दुध लगायत माक्स तथा सेनिटाइजर वितरण गरियो। यस अवसरमा बङ्ग रत्न भारती घोष, देशबन्धुपाडाको नरत्तम गौड़ीय मठका जनार्दन महाराज, तृणमूलका दिग्गज नेता विजय दे, 2 नम्बर टाउन महिला तृणमूल कांग्रेसका अध्यक्ष सुष्मिता बसु मैत्र, स्थानीय तृणमूल नेता नारायण दास लगायत अन्य उपस्थित थिए। स्मरण रहोस, 29 नम्बर वार्ड तृणमूल कांग्रेस कमिटीको तर्फबाट असहाय मानिसहरूलाई तीन चरणमा खाद्य सामग्री वितरण गरिसकेको बताइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *