29 नम्बर वार्ड कमिटी-द्वारा कविगुरू रवीन्द्रनाथ टेगोरको जन्मजयन्ती पालन

सिलगढी : सिलगढी नगरनिगमको 29 नम्बर वार्ड कमिटीको पहलमा कविगुरू रवीन्द्रनाथ टेगोरको 161औँ जन्मजयन्ती पालन गरियो। कवि रवीन्द्रनाथको तस्विर एउटा पालकीमा राखेर वार्ड कमिटी कार्यालयबाट विशाल शोभायात्रा निकालेर वार्डको विभिन्न पथहरूको परिक्रमा गरेपछि पुनः कार्यालयमा पुगेर समापन गरियो। उक्त शोभायात्रामा वार्ड काउन्सिलर शरदिन्दु चक्रवर्ती लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *